सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट मन्थलीमा शुरु हुँदै

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ६ २०७३
  • तामाकोसी खबर

 



 

 

 

 

 

 

 

मन्थली फाल्गुण ६, सातौ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरिय प्रतियोगिताको उद्द्घाटन आज रामेछापको सदरमुकाम मन्थलीमा हुदैछ । फागुन २,३ र ४ गते दुई वटै निर्वाचन क्षेत्रमा सम्पन्न क्षेत्रस्तरिय प्रतियोगितामा छनौट भएका प्रत्येक खेलका ४ टिम तथा खेलाडीले जिल्ला च्याम्पियनका लागि प्रतिस्पर्धा गर्नेछन् । छात्र र छात्रा दुबैले भलिबल, कबड्डी र एथलेटिक्सका विभिन्न बिधा गरि जम्मा २६६ मेडलका लागि विद्यार्थीहरुले भिडन्त हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुपोत्तम कडरियाले जानकारी गराउनु भयो। उहाँका अनुसार खेलहरु मन्थली युनाईटेडको खेलमैदान र जिबिसको पछाडी फाल्गुण ६,७ र ८ गतेसम्म सञ्चालन हुनेछ्न्।