आईतबार ! मनकामना माईको दर्शन गर्नुहोस ,सवैको रक्षा गरुन ! हेर्नुहोस आजको राशिफल ,यस्तो लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ११ २०७५
  • तामाकोशी

मेषः– रविबार र सोमबार समयले साथ दिनेछ । कार्य क्षमताको विकाश हुनेछ । प्रयत्यन गरेमा नयाँ काम हात पार्न सकिनेछ । यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । धेरै जसो समस्या समाधान हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तसँग भेटघाट हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । मंगलबार देखि समयले कम साथ दिनेछ । काममा सहयोग गर्ने कम भेटिने छन् । नोकरी तथा राजनीतिबाट सोचे जस्तो फाइदा लिन सकिने छैन । काम गरेर जश मिल्ने छैन । समस्या बल्झिने देखिन्छ । धन सम्पतिको खति हुनेछ । मनमा अशान्ति फैलिनेछ ।

वृषः–१५ गते सम्म समय अनुकुल रहला । विगतमा उब्जिएका शंका आशंका निवारण हुनेछन् । पारिवारिक सुख शान्ति मिल्नेछ । रोकिएका काम सफलोन्मुख रहलान् । कार्य क्षमताको विकाश हुनेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । विहिबारबाट समयले कम साथ दिनेछ । अरुको सहयोग लिएर काम गर्न गाह्रो हुनेछ । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । पढाई लेखाईमा भने खासै प्रगति हुने छैन ।



मिथुनः– साताको शुरु त्यति अनुकुल देखिन्न । अलमल बढि हुनेछ । कार्य क्षमतामा ह्रास आउनेछ । गरेका कामबाट पनि उचित प्रतिफल मिल्ने छैन । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट पर्नेछ । मंगलबारबाट समय अनुकुल हुनेछ तर संघर्ष नगरि केहि हुने छैन । विरोधीको सक्रियता बढ्नेछ । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । विहिबारबाट शनिबार मध्यान्ह सम्म समय बढि अनुकुल हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । अधुरा काम सम्पादन हुनेछन् । उत्सव,सभा समारोहमा सहभागि हुने अवसर प्राप्त होला ।

कर्कटः– रविबार र सोमबार घरयासी समस्यामा रुमलिनु पर्नेछ । उपलब्धिका काम कम हुनेछन् । भेटघाटमा समय बढि खर्च हुनेछ । व्यापार कम हुनेछ । मंगलबार देखि भने समय अनुकुल हुनेछ । आफ्नो कर्म क्षेत्र छोडेर बाहिर नजानु होला । पढाई लेखाईमा प्रगति हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । तर सवैलाई आफ्नो ठानेर काम गर्नु भने गलत हुनेछ । विरोधीबाट काममा अवरोध हुनसक्छ सतर्क भएर अगाडि बढ्नु होला । नयाँ कार्य योजनाका बारेमा विचार विमर्श हुनेछ ।

सिंहः– १३ गते सम्म समय अनुकुल रहला । काम गर्ने जोश जागर बढ्नेछ । आफ्नै बाहुबलबाट धेरै काम फस्र्योट हुनेछन् । भाई बन्धुको सहयोग मिल्नेछ । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । शेष दिन भने त्यति अनुकुल देखिन्न । जोखिम मोलेर कुनै काम नगर्नु होला । लगानी अनुसारको प्रतिफल मिल्ने छैन । विश्वास गरेकाले धोका दिने छन् । मनमा अशान्ति बढ्नेछ ।

कन्याः– बुधबार सम्म समय सामान्यतया अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । संचित धन बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । मानसिक तनाब घट्नेछ । सहयोगी हात भेटिने छन् । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । उधारो रकम उठ्नेछ । उद्योग पराक्रम बढ्नेछ । विहिबारबाट भने समय सोचे जस्तो अनुकुल हुने छैन । हतारमा कुनै निर्णय नलिनु होला पछि पश्चताप हुनेछ । पारिवारिक समस्या बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावस्यक चिन्ता लिनु पर्नेछ । खर्च बढ्नेछ ।

तुलाः– समग्रमा साता अनुकुल देखिन्छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । आफ्नो कर्म क्षेत्र छोडेर अन्त नलाग्नु होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । संचित धन बढ्नेछ । इष्टमित्र साथी भाईबाट सहयोग मिल्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । विशेष गरेर विहिवार र शुक्रबार कामले गति लिनेछ । मनमा उत्साहा बढ्नेछ । मुद्धा मामिलामा जीत हुनेछ ।

वृश्चिकः–आईतबार र सोमबारको दिन खराव देखिन्छ । आर्थिक संकट पर्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । बन्न लागेका काम पनि विग्रिने सम्भावना देखिन्छ । मंगलबार देखि भने समय थोरै अनुकुल बन्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । कार्य लगनशिलता बढ्नेछ । मनमा उत्साहा बढ्नेछ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । प्रयत्न गर्न सके नयाँ काम हात लाग्नेछ । वैदेशिक कार्य सफल हुनेछन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विपरित लिङ्गि प्रति आकर्षण बढ्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

धनुः– आय आर्जनका दृष्टिले रविबार र सोमबारले महत्व राख्नेछ । प्रयत्न गरेमा उधारो रकम उठ्नेछ । व्यापार बढ्नेछ । मंगलबार र बुधबार काम गर्न मन लाग्ने छैन । अतिथि खर्चमा वृद्धि हुनेछ । घुमफिरमा समय जानेछ । व्यापारबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन । विश्वास घट्नेछ । आर्थिक अनुशान कायम गर्न सकिएन भने संकटमा परिनेछ । अरुको विश्वास र भरोसामा मात्रै काम नगर्नु होला । अध्ययन अध्यापन कार्यमा अवरोध आउन सक्छ । विहिबारबाट समय पुन अनुकुल हुनेछ । कर्म क्षेत्रबाट बाहिर नजानु होला । संघर्ष गर्न सके धेरै क्षेत्रमा सफलता मिल्नेछ ।

मकरः– बुधबार सम्म समय अनुकुल रहनेछ । रोकिएका काम सम्पन्न हुनेछन् । सामाजिक क्षेत्रमा छुट्टै आफ्नो पहिचान बनाउन सफल हुनुहुनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आफन्तबाट सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विहिबारबाट समय प्रतिकुल हुनेछ । आयको तुलनामा खर्च ज्यादा हुनेछ । गन्तव्यमा पुग्न सकिने छैन । व्यापारमा गिरावट आउनेछ । हतारमा काम गर्दा घाटा हुनेछ भने ढिला गर्दा अवसर फुत्किनेछ ।

कुम्भः– आइतबार र सोमबार फलदायी यात्रा हुनेछ । धार्मिक कामा सहभागि हुने अवसर मिल्नेछ । अरुको काममा समय बढि खर्च हुनेछ । मंगलबारबाट समयले पूर्ण साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । रोकिएका योजना अगाडि बढ्ने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट थोरै भए पनि मुनाफा मिल्नेछ । प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा पदभार बढ्नेछ । शनिबार मध्यान्हबाट समय प्रतिकुल हुनेछ ।

मिनः–आईतबार र सोमबार खराव देखिन्छ । नयाँ क्षेत्रमा हात नहाल्नु होला । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । लेनदेन कारोवारमा समस्या आउनेछ । मंगलबार र बुधबार बाह्य काममा समय दिदा आफ्ना काम ओझेलमा पर्ने छन् । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । विहिबारबाट समय थोरै अनुकुल हुनेछ । उद्योग पराक्रम बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । भाई बन्धुको सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ ।
–पंडित श्रीकण्ठ सुराचार्य ।
फोनः– ९८४६१६७८०२