काठमाडौँ- मर्निङवाकमा निस्किएकाबेला शनिबार बिहानै राँगोले आक्रमण गर्दा काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जन रहेका छन्। महर्जन मर्निङवाकमा निस्किएको समयमा राँगोले आक्मण गरेको थियो । राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाए पछि रागो मरेको छ । र घाइते भएका महर्जनलाई उपचारको लागि कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
काठमाडौंमा राँगो माथि प्रहरीले चलायो गोलि ,१ जना वृद्धको गयो ज्यान
- प्रकाशित मिति: शनिबार, फाल्गुन ११ २०७५
- तामाकोशी