वम विष्फोट ! समातिए एनसेलका दुई सुरक्षागार्ड

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ११ २०७५
  • तामाकोशी

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि एकजनाको ज्यान जाने गरी शुक्रबार भएको विस्फोटबारे बुझ्न एनसेल कार्यालयमा सुरक्षाका लागि खटिएका दुई जना गार्डलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले एनसेलमा कार्यरत दुई सुरक्षागार्डलाई शनिबार नियन्त्रणमा लिएको हो । शुक्रबार साँझ साढेसात बजेतिर भएको घटनामा घाइते भएका तीन जनामध्ये एकको शनिबार मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका एनसेलका कार्यालय र टावरमा क्षति पुग्ने गरि गतिविधि भएपछि सुरक्षा सतर्कता अपनाइएको छ । यसबारे प्रहरीले आफ्नो निगरानी बढाएको जनाइएको छ ।