यिनै हुन समिम मियाँ अन्सारी,मुस्लिम आयोगका अध्यक्ष हुन योग्या कि अयोग्य ? यति सम्म गरेका रहेछन नेपालि राजनीतिमा फोहोरी खेल

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १० २०७५
  • तामाकोशी

काठमाडौं – अन्सारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०६६ भदौ ९ मा लिएको नागरिकताको प्रतिलिपि जसमा उनको जन्ममिति २०३० असोज २४ छ । प्रशासनको ढड्डा (अर्को तस्बिर) मा भने २०३७ असोज २४ गते छ ।

मुस्लिम आयोग अध्यक्षमा सिफारिस गरिएका समिम मियाँ अन्सारीको जन्ममिति दुईथरी फेला परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५५ पुस २२ मा उनले ७३८४/८७१ नम्बर भएको नागरिकता लिएका थिए ।



प्रशासनमा त्यसबेला पेस गरेको विवरणअनुसारतयार गरिएको ढड्डामा उनकोजन्ममिति २०३७ असोज २४ लेखिएको छ । २०६६ भदौ ९ मा लिएको प्रतिलिपिमा भने उनको जन्ममिति २०३० असोज २४ छ ।

सुरुमा लिएको नागरिकताको मितिअनुसार अन्सारीलाई आयोगको अध्यक्ष हुन उमेरले समेत रोक्छ । प्रशासनको ढड्डामा भएको मितिलाई आधार मान्ने हो भने अन्सारी ३८ वर्षको मात्रै भए । आयोगको अध्यक्ष हुन ४५ वर्ष पूरा भएको हुनुपर्छ । उनले सुरुमा नागरिकता लिँदाको ठेगाना काठमाडौं महानगरपालिका–१९ लेखिएको छ । परिषद्मा पेस गरेको नागरिकतामा भने उनको ठेगाना काठमाडौं महानगरपालिका–९ लेखिएको छ । कात्निपुरबाट शाभर,