७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का , ज्यान जोगाउन मानिसहरुको भागाभाग

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १० २०७५
  • तामाकोशी

काठमाडौं-इक्वेडरमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विज्ञान विभागकाअनुसार शुक्रबार इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त नभएको इक्वेडरका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ।

दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको विभागले जनाएको छ। विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भूगर्व विज्ञान अध्ययन संस्थाले जनाएको छ।



भूकम्प र यसका पराकम्प आउन थालेपछि मानिसहरु ज्यान जोगाउन भागाभाग गरेका थिए । भूकम्पपछि सरकारले सबै आपतकालीन उद्धार समूहहरूलाई उद्धारका लागि सक्रिय बनाएको छ । भूकम्पपछि कारण सुनामी आउने सम्भावनाबारे केही बताइएको छैन।

सन् २०१६ मा इक्वेडरको पश्चिमी प्रान्तहरू मानावी र इस्मेराल्डासमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ६७३ जनाको मृत्यु भउको थियो भने तीन अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो । एजेन्सी