शिशुको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई पक्राउ

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ८ २०७५
  • तामाकोशी

सल्यान, फाल्गुन ८ गते । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दार्मा गाउँपालिका १ विष्टगाउँकी २० वर्षीया लालमाया बुढामगर र दार्मा गाउँपालिका २ किमटाकुराका केशव सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
श्रीमान वैदेशिक रोजगारीका लागि विदेश रहेको समयमा सुनारसँग अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ। घर नजिकै गहुँबारीमा खाल्डो खनी गाडेको सूचनाको आधारमा बुढा र सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए।

गत माघ १६ गते राति बच्चा जन्माइ भुइँतलामा छोडी आफू माथिल्ल्लो तलमा गई सुतेको र भोलिपल्ट बिहान बच्चाको मृत्यु भएको र मृतक शिशुलाई घर नजिकै बारीमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।