धनुषा । धनुषामा चाउचाउ र फ्रुटीको लोभ देखाएर नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । सो घटनामा संलग्न भएको आरोपमा बटेश्वर गाउँपालिका ४ बस्ने २२ वर्षीय निरन भन्ने नीरज जर्गालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मिथिला नगरपालिका ३ की ९ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेर भारत तर्फ भाग्न लागेको अवस्थामा विदेह नगरपालिका २ स्थित दुहबीटोलबाट प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले जर्गालाई सोमबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले अभियुक्त जर्गालाई सार्वजनिक गरेका छन् । आफूलाई माम्ली डन भन्दै आएको जर्गा गएको फाल्गुन १ गते स्थानीय इन्द्र थापा मगरको छोरीको विहेभोजमा ९ वर्षीय रेश्मा भन्ने दुतिया रसाईलीलाई चाउचाउ र फ्रुटीको लोभ देखाएर नगरभन्दा बाहिर उखुबारीमा लगेर बलात्कार गरेको थियो।
बलात्कारपछि हत्या गरेर शवलाई त्यसको कपडा र उखुबारीमा रहेको उखुको पातले जलाएको सम्मेलन गरी सार्वजनिक गरेको छ।