सामुहिक बलात्कार पछि पापीले जिउदै छोरी जलाए,हेर्नुहोस यो (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ७ २०७५
  • तामाकोशी

धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका देवनारायण रसाइलीलाई आगोले घर खरानी भएको अस्ति जस्तो लाग्छ । तर एक महिना भइसक्यो । आगोको पीडा बिर्सन नपाउँदै उनको परिवारमा अर्को वज्रपात पर्‍यो— छोरीलाई बलात्कारपछि जलाइयो । नौ वर्षीया कलिली छोरी रेश्माको जलाएर बीभत्स हत्या गरे, पापीहरूले । ९० वर्षीया हजुरआमा सूर्यमायाले जब नातिनीको हत्या भएको थाहा पाइन्, उनी मुर्छा परि हालिन् ।

रेश्मा हत्याका कारण सूर्यमाया मात्र होइन, उनको परिवार, नातागोता, इष्टमित्र पनि गहिरो शोकमा छन्् । घरमा रुवाबासी चलेको छ । चुलोमा आगो बलेको छैन ।‘राम्ररी संसार देख्न नपाउँदै नातिनीको इज्जत लुटेर अपराधीले जलाई मार्‍यो’, सूर्यमायाले भनिन् ।, ‘कुन पापीको नजर लाग्यो, थाहा भएन । विवाहमा नाच्दै गरेकी मेरी नानीलाई उखुखेतमा लगेर मारेर फालिदियो ।’भिडियो हेर्नुहोस्ः