रामेछाप, फाल्गुन ७ गते । परियार एकता समाज रामेछापले एक मुटुरोगीलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ । मंगलबार रामेछापको मन्थलीमा एक कार्यक्रमको आयोजना गरी मुटु रोगि मन्थली नगरपालिका ३ का बद्री बर्देवालाई ३० हजारको चेक हस्तान्तरण गरेको हो ।
एकता समाजले उक्त रकम विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरिएको समाजको उपाध्यक्ष एकाबहादुर बर्देवाले जानकारी दिए । परियार एकता समाजका उपाध्यक्ष एका बहादुर बर्देवाको अध्यक्षता तथा नेपाल राष्ट्रिय दलित समाज कल्याणसंघ रामेछापका अध्यक्ष लेख बहादुर बि.क.को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लेख बहादुर बि.क.ले परियार एकता समाजले गरेको कामको प्रसंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिएर अगाडी बढ्न आग्रह गरे । यस्ता कार्यले समस्यामा परेका ब्यक्तिको मनोवल बृद्धि हुने र समस्याको सामना गर्न शक्ति पैदा हुने अध्यक्ष वि.क.ले बताए ।
कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लागाएतको उपस्थित रहेको थियो ।
