काठमाडौं – नेपालि गीत संगीतको दुनियामा पछिल्लो समय कहलिएको नाम हो प्रकास सपुत । दर्जनौ गितमा स्वर भरि सकेका गायक “बोल माया” पछी झन् चर्चामा आएका हुन् । यति बेला नेपालि कलाकारलाई महोत्वसले गर्दा रातदिन बेस्त् रहेका छन् । बिभिन्न ठाउँमा चलिरहेका महोत्सवमा कलाकारलाई भ्याईनभ्याई भएको बेला कलाकार प्रकास सपुतलाई भने अर्को पिर परेको छ । सपुतलाई आफ्नै गाउँबाट अपमान गरेका छन् । सपुतलाई कार्यक्रम आउने निधो दिएर पनि आयोजकबाट कार्यक्रम आउने अन्तिम चरणसम्म पनि केहि निधो न आएको र के मलाई अपमानित गरेका हुन् ?भन्दै सामाजिक संजाल आफ्नै फेसबुक मार्फत स्टाटस लेखेका छन् :
लाईफ़मा धेरै अगाडि सम्म जानुछ त्यसैले यस्ता सानातिना कुरामा के अल्झिनु भनेर धेरै बेर सोचे । पोखरा सम्म ट्याक्सिमा आए। त्यहाबाट पुग्लिन सम्मका लागि बिरगंन्ज जाने बसको अन्तिम सिटमा छु । मुग्लिन बाट दाङ र दाङबाट प्युठान पुग्नुछ । कार्यक्रम भोलीनै छ । निदाउन सकेकोछैन । केहि रेस्पोन्स आउछकि भनेर मोबाईल पटक पटक हेर्दैछु । १०: ३० बजे सम्म पनि कुनै कल रेस्पोन्स नआएपछि ईगो हर्ट भयो ।
र लेख्दैछु –
म आज आफ्नै क्षेत्रमा अपमानित महशुस गरेर फर्किदैछु ।
रेडियो दिदि बहिनि कुस्मा पर्वतले आयोजना गरेको महिला महोत्सव का लागि सरोज जि ले कल गर्नु भएको थियो । उहाले आफु ईभेन्ट म्यानेजर भएकोले पर्वत गोर्खा र नुवाकोट का लागि एकमुष्ट एग्रिमेन्ट गरौ भन्नु भएको थियो सोहि अनुसार शुरुमा कुश्माका लागि माघ २७ गतेका लागि मौखिक कुराकानी भयो । मैले २६ गते आबुखैरेनी कार्यक्रम सकेर आफै कल गरे र भने म हिडे है कुस्मका लागि । तर अचानक उहाले पानी परेर कार्यक्रम सरेकाले १/२ दिनमा फ़िक्स गर्ने भन्नुभयो मैले ल ठिकै छ प्रकृतिको दोष भनेर चुपचाप काठमांडू फर्किए । तर मनमनमा क्यान्सिल भाको कुरा कम्तिमा ख़बर त गर्नपर्छनी भन्ने चाहि लागेको थियो । बिचमा उहाले कल गरेपछि मैले ६ र ७ मा एकदिन गरौ भनेको थिए । उहाले ६ मा कुस्मा र ११ गते गोर्खा फ़िक्स गरेपछि मैले ओके भने र ७ गतेको लागि प्युठान कार्यक्रम तय गरे । यसरी निकै जिकज्याक सेड्युल भएपनि आफ्नो ईमान को लागि म दौडीएकै छु । ४ गते रोल्पा कार्यक्रम सकेर निकै मुश्किल यात्राका बाबजुत ५ गते राती म कुस्मा पुगे । ६ गते बिहानै आयोजक रेडियोको तर्फ बाट कल्पना चापागाई ज्यु र अर्का वीरेन्द्र क्षत्री ज्यु आएर आज अरुनै कलाकार भएको तपाई आउने ख़बर नभएको भन्दा म झसंगै भए । मैले सरोज जिलाई कल गरे उहाले आफु गोर्खा आएको र कुस्माको आयोजकले आफ्नो तरिकाले कलाकार बोलाएको गुनासो गर्दै ७ गतेका लागि बस्दिन आग्रह गर्नु भयो । मैले प्युठान जानुपर्ने बताएपछि उहाले प्युठान को सेड्युल आफुले मिलाईदिन सक्ने भन्नु भयो । म बस्न तयार भए । तर प्युठान सार्न मिलेन । म आफैले आग्रह गर्दा पनि पुरा प्रचारप्रसार भएको र बिदाको दिन भएकाले समस्या हुने भएपछि म जानै पर्ने भयो । म आज के गरौ त ?? भनेर पटक पटक कल गरे । धेरै पटक उठेन । उठेको बेला प्युठान सार्ने कुरा भैराछ पख्नुस मात्रै भनियो । मैले कल्पना म्याम लाई पनि सोधे उहाले कलाकारको ज़िम्मा आफ्नो नभएको भन्दै हलुको जवाफ दिनुभयो । ४ बजेसम्म
मैले निर्णय पर्खिय । स्टेज जानुपर्ने होकि भनेर तयारी पनि थिए । तर केहि निधो आएन । मैंले प्युठान आयोजकलाई अन्तिम कल गरे केहि हेरफेर नभएको बताएपछि मैले सरोज जि लाई कल गरे उठेन । मैले एकदमै अपमानित महशुस गरे । होटल ले पनि आयोजकले केहि नभनेको भनेपछि मैले बिल तिरेर निस्किए । अघिल्ला वर्षहरु छोडिदिउ । कार्यक्रमका हिसाबले यो वर्ष मेरो गोल्डेन ईएर हो । ३ महिनाको अबधिमा ६० भन्दा बढि कार्यक्रम गरेको छु । कार्यक्रम निधो गरेपछि परिस्थिति अनुसार एडजस्ट र कम्प्रोमाईज गरिन्छ नै । माघ को अन्तिम साता झरिका कारण ठामकोठाम ३ वटा कार्यक्रम रद्द भए । मैले सहे । तर ठाउमा पुगेर बिना कारण कार्यक्रममा सहभागि नगराएर रेस्पोन्स पनि नगर्दा कसरि सहनु । अलि बढ़िनै भयो कि ???
( मैले न्यायको लागि पर्वत प्रहरिलाई खबर गरिसकेको छु । )


के कारण गरे प्रकास सपुतलाई आफ्नै गाउँबाट यति ठुलो अपमान ? भाबुक हुदै सामाजिक सन्जाल लेखे यस्तो स्टाटस
- प्रकाशित मिति: सोमबार, फाल्गुन ६ २०७५
- तामाकोशी