अब पत्ता लाग्छन त् निर्मला पन्तका हत्यारा ? प्रधानमन्त्री केपी शर्मा ओली डडेल्धुरा

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ६ २०७५
  • तामाकोशी

काठमाडौं-डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली भोली मंगलबार डडेल्धुरा आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको निजि सचिवालयले दिएको जानकारी अनुसार भोली दिउँसो १ बजे चमेलीया जलबिद्युत आयोजना अन्र्तगत डडेल्धुराको स्याउलेमा रहेको सव स्टेशनको उद्घाटनका लागि डडेल्धुरा आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री संगै उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन, भौतिक योजना तथगा निर्माण मन्त्री रघुबिर महासेठ, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, नेपाल बिद्युत प्राधिकारणका कार्यकारी प्रमुख कुलमान घिसीङ लगायत आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिनु भएको छ । प्रधानमन्त्री ओली दोस्रो पटक डडेल्धुरा आउन लागेका हुन् ।
इन्फोखबरबाट