पछिल्लो समय गायिका रितु केसी नेपाली संगितको बजारमा गायन मात्र नभै मोडलिङमा पनि ब्यस्त छिन् । गायिका केसीले भर्खरै सार्वजनिक “तिम्रो तस्विर” बोलको गितबाट मोडलिङमा पनि अब्बल सावित गरेको हो ।
नेपाली संगितको विभिन्न विद्याहरु शब्द सिर्जना, संगित संयोजन, स्वर र मोडलिङ सबै क्षेत्रमा कलाकार केसी सक्रिय छिन् । पुस्कल शर्मा र रितु केसीको आवाजमा सजिएको पछिल्लो गित “तिम्रो तस्विर”मा रितु केसी र राज दर्नालको शब्द सिर्जना तथा राजेशकुमार नेपालीको संगित संयोजन रहेको छ ।
मोडल बिमल अधिकारी संग रितु केसीको अभिनयमा मिलन ढकालले पनि साथ दिएको छ भने उक्त गितको गोर्खा चौतारी म्यूजिक प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ ।
(भिडियो)
https://www.youtube.com/watch?v=BWJENqZoEa8