‘भ्यालेन्टाइन डे’ को दिन बाबुछोरीको डेटिङ्ग स्थल एकै ठाउमा परेपछि… (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २ २०७५
  • तामाकोशी

नेपालमा पछिल्लो समय प्रेम दिवसले व्यापकता पाउँदै गएको छ । खासगरी १४ फेब्रुअरीलाई प्रेम दिवसको मुख्य दिन मानिए पनि यो दिवसको एक हप्ताअघिदेखि नै चर्चा परिचर्चा र विभिन्न दिनका रूपमा यो दिवसले व्यापकता फैलाउँदै लगेको छ ।

फेब्रुअरी १४ मात्र होइन, फेब्रुअरी ७ देखि नै भ्यालेन्टाइन डेको महवपूर्ण दिन शुरु हुने गर्छन् । रोज डे, पर्पोज डे, चक्लेट डे, टेड्डी डे, प्रमिस डे, हग डे, किस डे र भ्यालेन्टाइन डे । तथापि, नेपाली समाजमा भने खासगरी १४ फेब्रुअरीलाई विशेष लिने गरिन्छ । केही वर्ष अघिसम्म नेपालमा यो दिवसको खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो पुस्तामा भने यो झाँगिदो छ ।



प्रविधिको विकाससँगै विश्व साँघुरिँदै गएको छ । यो सँगै विश्वव्यापीकरण र आधुनिकीकरण हुँदै पश्चिमी परिवेशका संस्कृति पनि विश्वभर परिचित भइसकेका छन् । क्रिसमस, अङ्ग्रेजी नयाँ वर्ष आदि यहाँको परिवेशमा नौलो रहेनन् ।

त्यस्तै, भ्यालेन्टाइन डे पनि यहाँको परिवेशमा खासगरी युवामाझ चर्चित बन्दै गएको छ । त्यसैले त यो विशेष अवसरमा युवायुवतीबीच प्रेम साटासाट गर्नु, कार्ड र फूल आदानप्रदान गर्नु, कुनै निश्चित स्थानमा घुम्न जानु सामान्यजस्तै भइसकेको छ । प्रेम सम्बन्धमा रहेका युवायुवतीमात्र होइन, प्रेम गर्ने तरखरमा रहेका युवायुवतीका लागि पनि भ्यालेन्टाइन डे को दिन उपयुक्त मानिन्छ । यस दिन युवायुवती आफूले मन पराएको व्यक्तिलाई रातो गुलाबको फूल, कार्ड र उपहार दिई प्रेम प्रस्ताव राख्ने गर्छन् ।

युवायुवतीमात्र होइन, वयस्क जोडी पनि यो विशेष अवसरमा आफ्ना पार्टनरलाई विशेष उपहार दिने र डिनर गर्न लैजाने आदि सामान्य बनिसकेको छ । खासगरी शहरीयाजनमा त यो एक प्रकारको संस्कृति नै बन्न थालेको छ । प्रेम दिवस पाश्चात्य संस्कृति भए पनि यो विशेष दिनले दाम्पत्य जीवन वा पार्टनरमा अझ प्रेम, आदर, सम्मान बढाउने उनीहरूको तर्क छ । त्यसो त, यस संस्कृतिलाई पश्चिमेली छाडा संस्कृतिको संज्ञा दिनेको सङ्ख्या पनि कम छैन ।

हुन त चोखो माया र प्रेम गर्न न कुनै मौसम चाहिन्छ, न चाड नै । आपसमा प्रेम, सद्भाव र माया बढाउने चाड वा अवसर हामीमाझ नै यथेष्ट रहेका छन् । यस्तै विसंगतिलाई मध्यनजर गरि हामीले एउटा छोटो लघु कथा तयार पारेका छौ भिडियो हेर्न तल थिच्नु होला ।