दु:खद खबर : कृष्णको आगलागीमा जलेर गयो ज्यान ! अनुसन्धान जारि कसले लगायो आगो

  • प्रकाशित मिति: सोमबार, माघ २८ २०७५
  • तामाकोशी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका एक गाडखानीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । आज बिहान स्थानीयवासी ५८ वर्षीय बलबहादुर थापाको घरमा आगलागी हुँदा थापाको घरमा बस्दै आएका २८ वर्षीय कृष्ण कामीको जलेर मृत्यु भएको भण्डारीले जानकारी दिनुभयो । मृतक कामी थापाको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट थापाको घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार आगलागीबाट थापाको १४ लाख ८० हजार बराबरको क्षति भएको छ । कामीको शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ भने आगलागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।