अध्यक्ष प्रचण्डको अर्को डरलाग्दो चेतावनी -अर्को माओवादी जन्मिन्छ, अब ठूलो लडाइँ हुनसक्छ : (भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, माघ २५ २०७५
  • तामाकोशी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपाका अध्यक्ष प्रचण्डले माओवादीलाई सिद्धाएको ठानिएमा अर्को माओवादी जन्मिने र झन् ठूलो लडाइँ हुने चेतावनी दिएका छन्।

नेकपा एमालेसँग एकता गरेर नयाँ पार्टी बनाएका उनीसँग भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीको फरक फरक मत बाहिर आए लगत्तै प्रचण्डले त्यस्तो चेतावनी दिएका हुन्।



शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘बिस्तारै बिस्तारै अब माओवादीहरूलाई सिद्धयाइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दूर्भाग्यपूर्ण हुन्छ, अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ।’ स्थितीलाई समाधान तर्फ नगए मधेश पहाडमा एकसाथ बिकराल स्थिति आउँने प्रचण्डको चेतावनी छ ।

शान्ति सम्झौताका अन्तरनिहित भएर अगाडि बढेका छौँ त भन्ने प्रश्न उठेको बताउँदै उनले भने, ‘हामीले बनाएका नियम कानुन शान्ति प्रक्रियाअनुसार परिलक्षित छन् त भन्नेमा आशंका गर्न थालिएको छ ।’ उनले जनताको घरदैलोमै सरकार पुर्‍याउने गरी संविधान बनाए पनि त्यो कार्यान्वयन नभएको अनुभूति हुन थालेको धारणा राखे ।

‘स्थानीय र प्रादेशिक तह संविधानअनुसार जुन मर्मका साथ कार्यान्वयन हुनुपर्ने हो, त्यो भएको छ या विस्तारै कमजोर त पारिँदै छैन रुु उनले आशांका गरे । प्रदेशमा चाहिने कानुन, सुरक्षा र आर्थिक व्यवस्थापनलाई संविधानअनुसार अगाडि बढाउँदै छौँ त भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भने, ुस्थानीय तहमा जेजस्ता अधिकारको कुरा संविधानले गरेको छ, त्यहीअनुसार सिंहदरबारबाट प्रत्योजित गर्ने हो ।’
https://youtu.be/Z32Uotw9iY0