काठमाडौं- समाजमा रहेका दुखी पिडितहरुको ओठमा मुस्कान ल्याउन दिनरात खटिरहँदा बिराटनगरकी बहिनी मेघा घिमिरेको पिडा पनि सामाजिक सन्जालहरुमा छचल्किरहेका थिए ।
मैले आफ्नो व्यस्ततालाई मिलाउँदै मेघाको घरमै सहयोग रकम लिएर जाने वाचा मनमनै गरिसकेको थिएँ । त्यस्तैमा फेसबुक र युटुबमा मलाई मेघालाई भेट्न जान धेरैले सुझाईरहनु भएको थियो । सुनमा सुगन्ध थपियो जतिबेला मेघालाई पुराईदिनु भनेर देश तथा बिदेशबाट उदार मन भएका केहि व्यक्तिहरुले १ लाख ८९ हजार सहयोग मेघालाई लगिदिनु भनेर म मार्फत् पठाउनु भयो ।
मेघा बहिनीलाई तपाईको घरमा आउँदैछौं है..भनिरहँदा मेघा पनि उत्साहित भईन्..तपाईको कार्यक्रम, फिल्महरु हेरेको छु बेघाले बताईन् । त्यसैबिच कृष्ण वलि र रुपा वलिले पनि मेघालाई भेट्ने इच्छा व्यक्त गरे । आएको सहोग रकम रुपाबाटै बुझाउने र कृष्ण र रुपालाई मेघासँग भेटाने इच्छा जाग्यो ।
भर्खरै खुट्टा लगाएर हिड्ने अभ्यास गरेका कृष्ण ओली र रुपा मगर आफै मेघाको घरमा पुगे । कृष्णलाई देखेपछि मेघा डाँको छोडेर रोईन् । रुपा पनि मेघाको पिडा देख्दा धेरै पछ धुरुधुरु रोईन् । रुपाले उनलाई यो अवस्थामा छोड्ने मेघाको श्रीमानलाई यस्तो भनिन् । मेघाले आफ्नो खुट्टाले कृष्ण र रुपालाई यस्तो लेखेर दिईन् । शिशिर भण्डारीले तयार पारेको हेर्नुहोस यो भिडियो रिपोर्ट :