११ हजार भोल्टको करेन्ट प्रवाह ,गयो ज्यान

  • प्रकाशित मिति: मंगलबार, माघ २२ २०७५
  • तामाकोशी

२२ माघ, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ल्होसारको अवसरमा घर नजिकै ध्वजापतका राख्ने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका-१२ का ४५ वर्षीय आइतमान तामाङको आइतबार मृत्यु भएको हो । तामाङ चढेको पोलमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि काठमाडौं लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डीएसपी विमलराज कँणेलले जानकारी दिए । वाईसीएल सिन्धुपाल्चोकका कोषाध्यक्षसमेत रहेका तामाङ स्थानीय चुनावमा वडाअध्यक्षको उम्मेदवार थिए । अनलाईन खबर