भारतमा अनौठो घटना सार्वजनिक भएको छ । एक अस्पतालको अप्रेसन थिएटरमा डाक्टर र नर्सले एकआपसमा चुम्बन गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मध्यप्रदेशको उज्जेन जिल्ला अस्पतालमा एक सिभिल सर्जनले सहकर्मी नर्स मानिएकी एक महिलालाई चुम्बन गरेको आरोपमा पदबाट बर्खास्त भएका छन् ।
सिभिल सर्जन र नर्सको चुम्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसमा तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका ‘कलेक्टर’ले डाक्टरलाई पदबाट बर्खास्त गरेका छन् ।
कलेक्टर शसांक मिश्राका अनुसार डाक्टरलाई जिल्ला अस्पतालको सिभिल सर्जनको पदबाट हटाइएको छ ।
ती सिभिल सर्जनको सट्टामा डा. पिएन वर्मालाई नियुक्त गरिएको उनले जानकारी दिए । अपरेशन थिएटरमा चुम्बन गरेको घटना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले घटनालाई निकै गम्भीरतापूर्वक लिएको र यसको अनुसन्धानको आदेश दिइएको जानकारी दिए ।
जिल्ला स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चुम्बन अपरेशन थिएटरभित्र गरिएको उनले बताए । महिलासँग सोधपुछ भइरहेको बताइएको छ ।
यो पनि पढ्नुहोस् :सरकारले अचानक यत्ति धेरैं बढायो डिजेल र पेट्रोलको मूल्य !
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य अचानक बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन भएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् । तीनै प्रकारका इन्धन लिटरमा २ रुपैयाँले बढाइएको छ । यसअनुसार पेट्रोल लिटरको ११०, डिजेल र मट्टीतेल लिटरमा ९७ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ । जनवरी १ र १६ मा भारतीय आयल कर्पोरेशनबाट मूल्य बढेर आएकोले मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिएका छन् ।