यतिसम्म गर्छन बलत्कारि ! पाए सम्म बलत्कार – गर्भवती भएपछि हत्या ,को हुन ति हत्यारा

  • प्रकाशित मिति: बिहिबार, माघ १७ २०७५
  • तामाकोशी

काठमाडौँ । आइतबार इटहरीको सिंघिया खोला किनारामा नग्न अवस्थामा फेला परेकी बालिकाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका मध्ये तीन जनाले अपराध स्विकार गरेका छन्।बालिकाको हत्यामा संलग्न हुन सक्ने भन्दै आइतबार र सो मबार लगभग १० जनालाई पक्राउ गरेको थियो। घटनास्थल विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सीमा क्षेत्रमा रहेको हुँदा मोरङ प्रहरी र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।पक्राउ परेका अभियुक्तहरुले बालिकालाई महिनौ देखि बलात्कार गर्दै आएको स्वीकार गरेका छन्।

कत्तिक अन्तिम साता देखि बालिकालाई फकाएर अभियुक्तहरुले छुट्टै-छुट्टै ठाउँमा लगी बलात्कार गर्दै आएका थिए।शुरुमा बलात्कार गर्दै आएको अभियुक्तले यस बारे दुई साथीलाई बताएका थिए। ती दुईले पोल खोलिदिने धम्कि दिदै बालिका माथि बलात्कार गर्दै आएको हुन सक्ने प्रहरीको अनुमान छ।लगातार तीन महिला देखि पटक-पटक बलात्कार हुँदै आएकी बालिका गर्भवती भएपछि कर्तुत बाहिरिने डरले मिलेर तीनैजनाले हत्या गरि खोलामा फ्याकेको स्विकारीसकेका छन्।शनिबार बेलुका छिमेकिको घरमा टिभी हेर्न गएकी इटहरी तरहराकी १५ बर्षिया बालिका रुपमति दासको आईतवार स्थानीय खोलामा शव फेला परेको थियो। सिधा अनलाइन खबरबाट