भक्तपुर – श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे ।श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राऊ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो
।सप्तरी । सप्तरीमा मामाघर गएकी १८ वर्षीया किशोरीलाई २० वर्षीय युवकले बलात्कार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मामाघरको बारीमा दाउरा लिन गएकी उक्त किशोरीलाई प्रभुकुमार यादवले बलात्कार गरेको खुल्नमा आएको छ ।युवक भने बलात्कारपछि फरार भएका छन् । प्रहरी टोलीबाट उनकाे खोजी भइरहेकाे एक प्रहरीले बताए । पिडित किशोरीको अस्पतालमा लगि स्वास्थ्य परिक्षण गरिरहेको परिवारको सदस्यले जनाए ।न्यायको माग गर्दै किशोरीका परिवार उजुरीसमेत दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।
इन्फोखबरबाट ,