काठमाडौं, १५ माघ । भोलि माघ १६ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश ३ सरकारले माघ १६ गते अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो। माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेकाे हाे ।
प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने विदा दिने निर्णय गरेको बताइएकाे छ । विगतमा माघ १६ गते सरकारले देशभर बिदा दिने गरेको थियो ।
पछिल्ला केही वर्षमा संघ सरकारले विदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको बिदा पनि कटौती भएको थियो ।
