राजधानीका अर्का चर्चित गुन्डा नाइके इन्काउन्टरमा मारिए – यसरि भएको थियो गोलि हानाहान

  • प्रकाशित मिति: मंगलबार, माघ १५ २०७५
  • तामाकोशी

प्रहरी इन्काउन्टरमा मारिएकाहरू २०७५प्रहरीको तथ्याड्डमा २०७३ साउन २१ गते धादिङ र काठमाडौंको सिमाना नागढुंगामा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए । त्यसको अर्को वर्ष राजधानीका अर्का चर्चित गुन्डा नाइके कुमार घैंटे पनि इन्काउन्टरको सिकार भए । चरी र कुमार घैटेको इन्कान्टरपछिको एक वर्ष पुराना ठूला गुन्डाहरू अन्डरग्राउन्डजस्तै भए । यसबीच मनोज पुन र समीरमान बस्नेत मिलेर क्राइम र्‍याकेट चलाउन थाले । उनीहरूले फिरौती माग्दै व्यवसायीहरूलाई धम्काएनन् मात्र, फिरौती नदिने व्यवसायीमाथि गोली प्रहार तथा हत्या गर्नेसम्म काममा सक्रिय भए । विदेश बसेर अन्डरवल्र्ड शैलीमा क्राइम र्‍याकेट चलाइरहेका मनोज र समीरमानको शैली प्रहरीको टाउको दुखाइ बन्यो । अन्तत: समीरमानले प्रहरी समक्ष आत्मसमर्पण गरे, अहिले उनी जेलमा छन् । यता मनोज पुन भने आफ्ना सहयोगी सोम आलेसहित रुपन्देहीको देवदहमा २०७४ फागुन ९ गते बिहान झिसमिसेमै प्रहरी इन्काउन्टरमा मारिए ।२१ साउन २०७१ दिनेश अधिकारी ‘चरी’ नागढुंगा ३ भदौ २०७२ कुमार घैटे काठमाडौं९ फागुन २०७४ मा मनोज पुन र सोम आले रुपन्देही २३ साउन २०७४ प्रवीण खत्री ललितपुर २१ साउन २०७५ गोपाल तामाङ र अजय तामाङ भक्तपुर प्रकाशित :माघ ६, २०७५

माधव ढुंगाना सहनी २०६५ सालदेखि नै अपराधिक गतिविधिमा संलग्न रहेको देखिन्छ । सहनीले जनतान्त्रिक मुक्ति मोर्चा आजाद समुहमा समेत आवद्ध रही अपराधिक आतड्ड मच्चाएका थिए । प्रहरीका अनुसार, २०६५ साल असार २३ गते उनी कपिलबस्तु जिल्लामा स्वचालित पेस्तोलसहित पक्राउ परेपछि हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थुनामा परेका थिए ।२०७१ सालको भदौ २८ गते सिद्धार्थनगर नपा–८ की उषाकिरण गुरुङको घरमा बज्रपात पर्‍यो । उनका एकमात्र छोरा आकाशको अपराधिक समूहले अपहरण गरेको दिन थियो त्यो । त्यस दिनपछि उनका छोरा घर फर्केर आउन पाएनन् । फिरौतीबापतको १ करोड रुपैयाँ नपाएको निहँुमा छोराको हत्या गरिएपछि ६८ वर्षीय बावु तेजबहादुर थला परे । पुत्र वियोगकै कारण उनले खाना खान छाडे । त्यसको केही दिनपछि उनको मृत्यु भयो ।यो घटनापछि ६७ वर्षीया आमा उषाकिरण गुरुङको आँखा अहिलेसम्म ओभाएको छैन । छोराको वियोग, पति गुमाउनुको पीडा मात्र होइन, उषाकिरणको जीवनमा दुई/दुई जना नाति सम्हाल्नुपर्ने जिम्मेवारी पनि थपिएको थियो । गत आइतबार दिउँसो भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएकी उषाकिरणको मन अन्य दिनभन्दा केही हलुको भएको आभास हुन्थ्यो । ‘आज मेरो मन अन्य दिनभन्दा केही हलुको भएको छ,’ उषाकिरणले भनिन्, ‘छोराको मृत आत्मालाई पनि केही शान्ति मिल्यो होला ।’ आइतबार बिहानैदेखि स्थानीय र राष्ट्रिय स्तरका सबैजसो सञ्चारमाध्यममा प्रहरीसँगको दोहोरो गोली हानाहानमा एक अपरिचित व्यक्तिको मृत्यु भन्ने समाचारले सनसनी मच्चाएको थियो । मृतकको पहिचान खुलेको थिएन । कतिपय मिडियामा तस्करको मृत्यु भन्ने समाचार आयो । मारिने को रहेछ ? भन्ने कौतूहलता र जिज्ञासा जताततै थियो । जब मारिने व्यक्ति केदार सहनी हुन् भन्ने कुरा खुल्न आयो त्यसपछि विभिन्न चर्चा–परिचर्चाले भैरहवा र आसपासका क्षेत्र तात्न थाल्यो । केदार सहनी अर्थात् कुख्यात अपराधी ।



मारिने व्यक्ति केदार सहनी हुन् भन्ने गाइँगुइँ सुनेपछि उषाकिरण पनि यतार्थता बुझ्न प्रहरी कार्यालय पुगेकी थिइन् । उनको छोरालाई अपहरण गरेपछि बन्धक बनाएर यातना दिएको र तत्कालीन नवलपरासी जिल्लाको जंगलमा छोरालाई दौडिन लगाउँदै थाकेर भुइँमा पल्टिएका बेला गोली प्रहार गरेर हत्या गरेको दृश्यसहितको सिडी सहनीले उषाकिरणको घरमा पठाइदिएका थिए । ‘अहिले पनि म दुई जना नातिलाई आफूखुसी बाहिर पठाउदिनँ, जता गए पनि साथमै लान्छु,’ उनले भनिन् । केदार सहनी कसरी मारिए ? भन्ने विषयमा सबैका आ–आफ्नै तर्क छन् । फरार सहनीका बारेमा पत्तो पाएपछि प्रहरीले भारतबाटै नियन्त्रणमा लिई यहाँ ल्याएर इन्काउन्टर गरेको भन्नेहरूको जमात पनि ठूलै छ । तथापि प्रहरीले भने उनी मुठभेडमा मारिएको दाबी गर्दै आएको छ ।प्रहरी उपरीक्षक ह्दय थापाले चोरी तस्करी नियन्त्रणका लागि खटिएको टोलीलाई लक्षित गरेर उनीहरूले सुरुमा गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा सहनीको मृत्यु भएको बताए । ‘सुरुमा मारिने व्यक्तिको पहिचान नभएकाले अन्यौल भएको थियो,’ थापाले भने, ‘पछि उनको सनाखतका लागि विभिन्न सोधखोज गर्दा ऊ फरार र कुख्यात अपराधी सहनी भएको कुरा खुल्न आयो ।’थापाका अनुसार भारतीय सिमानानजिकै पर्ने सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा मध्यरातमा भारतीय नम्बरको मोटरसाइकलमा दुई जना व्यक्ति सवार थिए । यूपी५३एच २०२८ भारतीय नम्बरको मोटरसाइकल नजिकै आएपछि सादा पोसाकमा रहेका प्रहरीले रोक्न लगाउँदा उनीहरूमध्ये एकले एक्कासि प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेका थिए । उनीहरूले प्रहार गरेको गोलीबाट प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ भने प्रहरीले प्रयोग गरेको बा२ब ५८५४ नम्बरको मोटरसाइकलमा पनि गोली लागेको छ ।

त्यसपछि प्रहरीले जवाफी कारबाही सुरु गरेको थियो । केही बेर दुवै पक्षबीच गोली हानाहान भयो । प्रहरीको तीनवटा गोली लागेपछि एक व्यक्ति भुइँमा ढले भने अर्का व्यक्ति फरार भए । गोली लागेर भुइँमा ढलेको व्यक्तिलाई उपचारका लागि युनिभर्सल शिक्षण अस्पताल पुर्‍याइएपछि उपचारका क्रममै उनको मृत्यु भयो । उक्त रात बाक्लो हुस्सु लागेको थियो । घटनास्थलबाट लोड गरिएको स्वचालित एक थान पेस्तोल बरामद भएको छ । मृतकको लास सनाखतका लागि दिनभरि भीम अस्पतालमा राखिएको थियो, तर पहिचान हुन सकेको थिएन । धेरैले केदार सहनीको नाम लिएपछि प्रहरीले आइतबार साँझ उनका भाइ गोबिन्द सहनीलाइ झिकाएर हेर्न लगाएपछि मृतक केदार सहनी नै भएको पुष्टि भएको थियो । केदार सहनी जिल्ला प्रहरी कार्यालय सामुन्नेको भित्रि बस्तीका निवासी हुन् । उनी एक दशक भन्दा अघिदेखि हत्या, अपहरण, चन्दा असुलीजस्ता विभिन्न अपराधिक घटनामा संलग्न रहँदै आएको आरोप छ । प्रहरीको तथ्याङ्कमा सहनी २०६५ सालदेखि

नै अपराधिक गतिविधिमा संलग्न रहेको देखिन्छ । सहनीले जनतान्त्रिक मुक्ति मोर्चा आजाद समुहमा समेत आवद्ध रही अपराधिक आतङ्क मच्चाएका थिए । प्रहरीका अनुसार, २०६५ साल असार २३ गते उनी कपिलबस्तु जिल्लामा स्वचालित पेस्तोलसहित पक्राउ परेपछि हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थुनामा परेका थिए ।२०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भाग्नेमध्ये सहनी पनि थिए । ‘कारागारमा सुरुङ खनेर भाग्ने योजनाका मुख्य योजनाकार उनी नै थिए,’ रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमुद ढुंगेल भन्छन्, ‘सहनीले मच्चाएको आतंक हेर्ने हो भने मनोज पुनको भन्दा भयानक छ ।’सुरुङबाट भागेपछि सहनीले जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध भै रुपन्देही, कपिलवस्तु, नवलपरासी आदि जिल्लाका व्यवसायीहरूलाई धम्क्याउँदै चन्दाआतंक मच्चाएका थिए । प्रहरीले बिछ्याएको जालोमा परेर भारतबाट फेरि एकपटक पक्राउ परेपछि हातहतियार खर–खजानाअन्तर्गतको ५ वर्षको सजाय काटेर जेल मुक्त भएलगत्तै सहनीले २०७१ भदौ २८ गते आकाश गुरुङको अपहरण गरी हत्या गरेका थिए । त्यसयता उनी फरार रहँदै आएका थिए । kinohit बाट साभार