पशुपति आर्यघाट रुवाबासी मन्दिरमा यौनक्रिडामा मस्त छन् जोडीहरु (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, माघ १५ २०७५
  • तामाकोशी

काठमाडौं । काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिर हिन्दूधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो । जहाँ जन्मदेखि मृत्यु संस्कारसम्म यही पशुपति मन्दिर परिसरमा गरिन्छ । यहाँ ठूला ठूला मेला र धार्मिक कार्य पनि हुने गरेका छन् । विश्वभर रहेका हिन्दूधर्मालम्बी यहाँ आएर पूजा अर्चना गर्ने गर्छन् । पशुपतिनाथ मन्दिरमा चढाएको भेटी नै करोडौं हुन्छ । सयौँ कर्मचारी छन् । राज्यले पनि प्राथमिकतामा राखेको छ । यही पशुपतिनाथममा काठमाडौं उपत्यकामा मृत्यु भएका वा बाहिर मृत्यु भएकाहरुको पनि अन्तिम संस्कार गरिन्छ ।

दिनरातभर यहाँ शव जलिरहेका हुन्छन् । तर, यहाँ धार्मिक कार्य मात्रै होइन हेर्न र सुन्दा पनि अचम्म लाग्ने दृश्य पनि देखिएका छन् । पशुपतिनाथ मन्दिर नजिकै प्रहरी कार्यालय छ । तर, यहाँ राति खुलम्खुला लागू औषध दुर्व्यसनीहरु यौनजन्य कार्यमा संलग्न हुने गरेका छन् । पाशुपत क्षेत्रको बीच भागबाट बागमती बगेको छ ।



वारी चितामा शव जलिरहेको हुन्छ, शोकमा डुबेका मलामीहरुले पारीपट्टीको दृश्य देखेर लज्जित हुने परेको भिडियो सार्वजनिक भएको छ । आर्यघाटको वारी चितामा शव जलिरहँदा पारीपट्टी लागू औषध प्रयोगकर्ताहरु यौनजन्य क्रियाकलापमा मस्त रहेको भिडियो सार्वजनिक भएको हो । यसले पशुपति क्षेत्र विकास कोष र प्रहरी प्रशासनको गैरजिम्मेवारीपन देखिन्छ ।