धार्मीक कार्यले सामाजिक सद्भाव वृद्धि हुन्छ : शान्तिप्रसाद पौडेल

  • प्रकाशित मिति: सोमबार, माघ ७ २०७५
  • तामाकोशी

रामेछाप । माघ ७ गते,
प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेलले धार्मीक कार्यले सामाजिक सद्भाव वृद्धि हुने बताएका छन् । । उनले हिन्दु धर्मशास्त्रहरु पूर्विय दर्शनमा आधारित भएकाले पूर्विय दर्शन विश्वकै सबैभन्दा प्रगतिशिल दर्शन भएको बताए ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा सोमबारबाट सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
राकाथुममा ऐतिहासिक धरोहरले परिपुर्ण अवस्थामा रहेको श्री कृष्ण मन्दिर निर्माण तथा गुम्बा मठमन्दिर संरक्षणका लागि संचालन भएको महायज्ञ यहि माघ १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

महायज्ञमा ख्याति प्राप्त विद्धान बालब्यास पण्डित मुकुन्द नेपालबाट संगितमय भावपुर्ण कथा वाचन र आचार्य पण्डित मनोज नेपालबाट पाठपारायण भैरहेको आयोजकले जनाएको छ । महायज्ञको पहिलो दिन सोमबार रथ यात्रा तथा शोभा कलश यात्रा सहित कार्यक्रमा समुद्घाटन गरिएको छ ।
कृष्णमन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खाँडादेवी १ का वडाअध्यक्ष विष्णुबहादुर श्रेष्ठलगायतले बोल्नु भएको थियो । सो मन्दिर स्थानीय इन्द्रबहादुर विकको सक्रियतामा २०५७ सालमा स्थपना भएको हो । यो महायज्ञ पनि दलित समुदायको सक्रियतामा सुरु भएको हो ।