सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,विक्रमसम्वत २०७५ साल माघ ६ गते रविबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९ जनवरी २० तारिक शुक्लपक्ष चतुर्दशी तिथि अपरान्ह १ वजेर ३९ मिनेट सम्म उप्रान्त पूर्णिमा तिथि,आद्र्रा नक्षत्र विहान ७ वजेर ३० मिनेटसम्म उप्रान्त पुनर्वसु नक्षत्र,वैधृतियोग,वणिजकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य मकर राशीमा,चन्द्रमा राती १२ वजेर २७ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।
मुहूर्त
राहुकालः–अशुभ अपरान्ह ४ वजेर १४ मिनेटबाट ५ वजेर ३३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–मध्यान्ह १२ वजेर १५ मिनेटबाट अपरान्ह १ वजेर ३४ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह २ वजेर ५४ मिनेटबाट ४ वजेर १४ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ अपरान्ह ४ वजेर ८ मिनेटबाट ४ वजेर ५१ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५४ मिनेटबाट मध्यान्ह १२ वजेर ३६ मिनेटसम्म रहनेछ ।
दिन बार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १६ मिनेटसम्म उद्वेग वेला,८ वजेर १६ मिनेटबाट ९ वजेर ३५ मिनेटसम्म चर वेला,९ वजेर ३५ मिनेटबाट १० वजेर ५५ मिनेटसम्म लाभ वेला,१० वजेर ५५ मिनेटबाट १२ वजेर १४ मिनेटसम्म अमृत वेला,१२ वजेर १४ मिनेटबाट १ वजेर ३४ मिनेटसम्म काल वेला, १ वजेर ३४ मिनेटबाट २ वजेर ५३ मिनेटसम्म शुभ वेला,२ वजेर ५३ मिनेटबाट ४ वजेर १३ मिनेटसम्म रोग वेला र ४ वजेर १३ मिनेटबाट सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।
रात्री बार बेला
सूर्यास्तबाट ७ वजेर १४ मिनेटसम्म शुभ वेला,७ वजेर १४ मिनेटबाट ८ वजेर ५५ मिनेटसम्म अमृत वेला,८ वजेर ५५ मिनेटबाट १० वजेर ३५ मिनेटसम्म चर वेला,१० वजेर ३५ मिनेटबाट १२ वजेर १५ मिनेटसम्म रोग वेला,१२ वजेर १५ मिनेटबाट १ वजेर ५६ मिनेटसम्म काल वेला,१ वजेर ५६ मिनेटबाट ३ वजेर ३७ मिनेटसम्म लाभ वेला,३ वजेर ३७ मिनेटबाट ५ वजेर १७ मिनेटसम्म उद्वेग र ५ वजेर १७ मिनेटबाट सूर्योदयसम्म शुभ वेला रहनेछ ।
मेषः– दिन सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु होला । अरुबाट सहयोगको अपेक्षा धेरै नराख्नु होला । व्यवहारिक सहयोग भन्दा कुराको सहयोग मात्र पाईनेछ ।
वृषः– समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने लिने छैन । लगनशिल भई गरेका काम केहि सफल हुनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । साझेदारी काममा हात नहाल्नु होला । कुरा भन्दा काममा जोड दिनु होला ।
मिथुनः– समयको महत्वलाई हेलचक्र्याई नगर्नु होला । विना तयारी,विना योजना कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । भोज भतेरको निम्तो आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । पढाईमा सामान्य प्रगति हुनेछ ।
कर्कटः– प्रतिकुल बातावरणमा खेल्नु पर्नेछ । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । सुरक्षित यात्रा गर्नु होला । वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । प्रतिष्ठामा आच आउने काम हुनसक्छन् ।
सिंहः– काम गर्ने वातावरण विग्रिने छैन समयको महत्वलाई बुझ्नु होला । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव पनि सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोगको अपेक्षा धेरै नराख्नु होला । प्रयत्नबाट नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला ।
कन्याः– आश्वासनको भरमा मात्रै काम नगर्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका ९० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । आफन्तको सहयोग साहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।
तुलाः– स्थिर मन लिएर कर्म क्षेत्रमा जानु होला । समयमा सामान्य परिवर्तन आउनेछ । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । उपकारी काम हुनेछन् ।
वृश्चिकः– वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । झुट्टा आश्वासन धेरै पाईनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य चुकाउनु पर्नेछ । व्यवसायबाट लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ ।
धनुः–भ्रममा नपर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । अरुबाट सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । पारिवारिक सम्बन्ध विस्तार हुनेछ ।
मकरः–दुष्टहरु भेटिने छन् आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । साझेदारी केहि नगर्नु होला । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।
कुम्भः–सोचाईको विपरित काम हुन सक्छन् । भ्रमित हुदा अवसर फुत्किनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन । महत्वकाँक्षा जागेर आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । राजनैतिक चलखेल बढि हुनेछ ।
मिनः– अरुको विश्वास परेर कुनै काम नगर्नु होला । आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या समाधान गर्दा उपलब्धिका काम फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । विहोशि पन बढ्नेछ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विश्वासका द्वार थोरै खुल्ने छन् ।नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।