रामेछाप । माघ ५ गते,
रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघ मन्थली रामेछापको नयाँ नेत्तृत्व चयन भएको छ । शनिबार मन्थलीमा भएको संस्थाको १२ औं बार्षिक साधारणसभाले जगन्नाथ दाहालको अध्यक्षतामा ९ सदस्यि नयाँ नेतृत्व चयन गरेको हो । यसअघिका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभाले उपाध्यक्षमा शम्भु श्रेष्ठ, महासचिवमा नविन घिमिरे र कोषाध्यक्षमा पार्वती पाठकलाई चयन गरेको छ । 
यस्तै शिवराज श्रेष्ठ , लक्ष्माण घिमिरे ,सृजना बस्नेत , रत्न बहादुर नेवार र सुशीला थापालाई सदस्यमा चयन गरेको छ । साधारणसभाले प्रज्ञान खड्काको संयोजकत्वमा सम्झना श्रेष्ठ र कृष्ण प्रसाद पौडेल सदस्य रहेको लेखा समिति समेत बनाएको छ ।
२०५५ साल असार ३० गते डिभिजन सहकारी कार्यालय चरिकोट दोलखामा दर्ता भएको रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघमा हालसम्म जिल्लाका १ सय ७१ सहकारीहरु सदस्य रहेका छन् । प्रति कित्ता शेयर मुल्य ५ सय रहेको सहकारीको हालसम्म ९८ हजार कुल शेयर पँुजी रहेको छ ।
रामेछाप वचत तथा ऋण सहकारी संघको अध्यक्षमा जगन्नाथ दाहाल
- प्रकाशित मिति: शनिबार, माघ ५ २०७५
- तामाकोशी