“मानिस ठुलो दिलले हुन्छ जातले हुदैन “पुख्रयौली घर अछाममा रवि ओडको यसरि सम्मान,नेता भिम रावल देखि उर्लियो जनसागर

  • प्रकाशित मिति: बिहिबार, माघ ३ २०७५
  • तामाकोशी

नेपाल आईडल सिजन २ का बिजेता रबि वडलाई अछाममा भव्य स्वागत सहित अभिनन्दन गरिएको छ । रविको पुख्रयौली घर अछाममा बाजागाजा सहित स्वागत गर्नुका साथै अभिन्नदन गरिएको हो । नेपाली सांगितिक क्षेत्रको ईतिहासमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै नेपाल आईडल सिजन २ को उपाधी जित्न सफल भएको भन्दै मंगलबार आज अभिननदन गरिएको हो ।

नेपालका चार धाम मध्येको एक अछाम जिल्लामा अवस्थित बैद्यनाथ धाममा मकर संक्रान्तिको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा रवि वडलाई पूर्व उप्रधानमन्त्री तथा अछाम क्षेत्र नं. एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद भिम रावलले अभिन्नदन पत्र तथा बैद्यनाथधामको चिनो प्रदान गर्दै अभिन्न्दन गर्नु भएको थियो । नेपाली सांगितक क्षेत्रमा सुदूरपश्चिमको नाम राख्दै चम्किलो ताराको रुपमा रवि उदाउन सफल भएको भन्दै कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सबैले व्यापक प्रशंसा गरेका थिए ।



यस्तै कार्यक्रममा आफ्नो प्रस्तुती दिदै रविले आफ्नो र्पुख्यौली घर अछाममा पुग्दा एकदमै खुशी भएको भन्दै यस क्षेत्रको कला संस्कृतीलाई पनि संगै अगाडी बढाउने बताएका थिए । साथै उनले अहिलेसम्मकै सबैभन्दा ठुलो जनमासमा आफुले प्रस्तुती दिएकोमा खुशी व्यक्त गरेका थिए । अछाम जिल्ला लगायत सम्पूर्ण देश बिदेशबाट आफुलाई ठुलो साथ र सहयोगले नेपाल आईडल जित्न सफल भएको भन्दै रविले आगामी दिनमा पनि मायार साथको खाँचो रहेको बताएका थिए । पूर्णबहादुर खडका अछाम ,
भिडियो :
https://youtu.be/5n0-sPqVlco