बास्मती गीतको म्युजिक भिडियो भोलि ५ गते सार्वजनिक ,सकियो सवै तयारि

  • प्रकाशित मिति: बिहिबार, माघ ३ २०७५
  • तामाकोशी

काठमाडौं – होटल-होटल गीतबाट यसभन्दा अघिनै चर्चा कमाईसकेका गायक गणेश जिसी नेपालि गीतसंगीतमा भिजिसकेका छन् । काठमाडौँ लगायतको बिभिन्न ठाउँमामा सुटिङ सकेर फेरी अहिले अर्को गणेश जिसीको प्रस्तुति “बासमती’गीतको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । बहु प्रतिभा भएका गायक सुदूरपश्चिमको डोटीमा जन्मेका हुन् । गायक स्वयम गणेश गिसी र टेक बिष्टको शब्द तथा स्वयम गायकको संगीतमा रहेको छ । उक्त गीतमा गणेश जिसीको सुमधुर आवाज रहेछ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त्त भिडियोको छायांकन प्रकाश खडकाले गरेका छन् भने सम्पादन मिलन बिकले गरेका छन् ।

उक्त्त भिडियोमा गित संगीतको दुनियामा एक पछी अर्को चर्चाको सिखर चड्दै गरेका र्र्यपर जगत तिरुवा,चर्चित मोडल टिका जैशी र गायक गणेश जिसीको दमदार अभिनय रहेको छ । गायक जिसी भन्नुहुन्छ :भोलि ५ गते हामि गितको म्युजिक भिडियो सार्वजनिक गर्दै छौ । यो गीतमा अलि फरक धार ल्याएका छौ आशा छ आम नेपालि दर्शक स्रोताले मन पराईदिनु हुने छ । सम्पूर्ण टिमलाई अग्रिम शुभकामना !