हार्ट अट्याकको खबर आएको नायिका ऋचा शर्माको यस्तो छ अवस्था , के यो साचो हो ?

  • प्रकाशित मिति: बिहिबार, माघ ३ २०७५
  • तामाकोशी

नायिका ऋचा शर्मा अस्वस्थ भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएकी छन्। मुटुमा समस्या देखिएपछि उनी बिहीबार नर्भिक अस्पतालमा भर्ना भएकी हुन्। उनलाई इमरजेन्सीमा राखेर उपचार गरिएकाे छ। उनलाई प्रेसर र रुघाखोकी लगायतका समस्या देखिएको र अवस्था भने खतरामुक्त रहेको अस्पतालका महाप्रवन्धक आरपी मैनालीले नेपालखरलाई बताए। ‘अहिले उहाँको उपचार भइरहेको छ’, महाप्रवन्धक मैनालीले भने, ‘अवस्था खतरामुक्त छ।’

यसैबीच नायिका शर्माले आफ्नाे अवस्था सामान्य रहेकाे बताएकी छन्। उनले फेसबुकमार्फत लेखेकी छन्: ‘चासाे राख्नुहुने सबैजनालाई धन्यवाद। मलाई हार्ट अट्याक भएकाे हाेइन। सामान्य छातीकाे दुखाई भएकाे हाे। सबै रिपाेर्टहरु आइसकेकाे छ र रिपाेर्ट सामान्य छ।’