ढोकामा ताल्चा लगाएर भित्र यौन धन्दा,यौन सम्पर्क गरेर झ्यालबाट भागेर फरार – यसरि चल्छ वसपार्कमा यौन धन्दा ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष ३० २०७५
  • तामाकोशी

बिर्तामोड ।३० पुस । प्रहरीले निगरानी बढाए सँगै बिर्तामोडमा यौन धन्दा सँचालन गर्नेले नयाँ बिधि अपनाउन थालेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीले यौन धन्दा नियन्त्रणकालागि गरेको अपरेशनलाई छल्न होटल सँचालकहरुले नया बिधि अपनाउन थालेको प्रहरीले जनाएको छ । यौन धन्दाका लागि प्रख्यात बनाईएको नया बसपार्कमा प्रहरीले निरन्तर निगरानी बढाएपछी अन्यत्र धन्दा सँचालन हुन थालेको श्रोतको खुलासा छ ।

प्रहरीले गत बिहिबार बिर्तामोड ५ स्थिक कृषि थोक बजार भित्र रहेको तिरुपती होटल एण्ड लजबाट ६ जना किशोरीलाई नियन्त्रणमा लिएको छ । बाहिरबाट ढोकामा ताल्चा लगाएर भित्र यौन धन्दा गर्ने गरेको प्रहरीले सुचना पाएपछी प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी कृष्ण कोईरालाले जानकारी दिए । किशोरी सँग बस्ने पुरुष भने झ्यालबाट फरार भएका थिए ।
उनले भने – ब्याबशायीहरुले नया बिधि अपनाएका छन् यो बिधि प्रहरीलाई झुक्याउन अपनाएको हुन सक्छ ।तर हामी कुनै हालतमा नियन्त्रण गरेरै छोड्छौ ।