सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल पुष ३० गते सोमबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९ जनवरी १४ तारिक शुक्लपक्ष अष्टमी तिथि राती ७ वजेर ३९ मिनेटसम्म उप्रान्त नवमी तिथि,रेवती नक्षत्र विहान ८ वजेर ५२ मिनेटसम्म उप्रान्त अश्विनी नक्षत्र,सिद्धियोग,भद्राकरण ,आनन्दादियोग मातङ्ग,सूर्य धनु राशीमा, चन्द्रमा विहान ८ वजेर ५२ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा ।
मुहूर्त
राहुकालः–अशुभ विहान ८ वजेर १६ मिनेटबाट ९ वजेर ३५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर ५४ मिनेटबाट मध्यान्ह १२ वजेर १३ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १ वजेर ३२ मिनेटबाट २ वजेर ५१ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२ वजेर ३४ मिनेटबाट अपरान्ह १ वजेर १६ मिनेटसम्म र २ वजेर ४० मिनेटबाट ३ वजेर २२ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५२ मिनेटबाट मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म रहनेछ ।
दिन बार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १६ मिनेटसम्म अमृत वेला,८ वजेर १६ मिनेटबाट ९ वजेर ३५ मिनेटसम्म काल वेला,९ वजेर ३५ मिनेटबाट १० वजेर ५४ मिनेटसम्म शुभ वेला,१० वजेर ५४ मिनेटबाट १२ वजेर १३ मिनेटसम्म रोग वेला,१२ वजेर १३ मिनेटबाट १ वजेर ३१ मिनेटसम्म उद्वेग वेला,१ वजेर ३१ मिनेटबाट २ वजेर ५० मिनेटसम्म चर वेला,२ वजेर ५० मिनेटबाट ४ वजेर ९ मिनेटसम्म लाभ वेला र ४ वजेर ९ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।
रात्री बार बेला
सूर्यास्तबाट ७ वजेर १० मिनेटसम्म चर वेला,७ वजेर १० मिनेटबाट ८ वजेर ५१ मिनेटसम्म रोग वेला,८ वजेर ५१ मिनेटबाट १० वजेर ३२ मिनेटसम्म काल वेला,१० वजेर ३२ मिनेटबाट १२ वजेर १३ मिनेटसम्म लाभ वेला,१२ वजेर १३ मिनेटबाट १ वजेर ५५ मिनेटसम्म उद्वेग वेला,१ वजेर ५५ मिनेटबाट ३ वजेर ३६ मिनेटसम्म शुभ वेला,३ वजेर ३६ मिनेटबाट ५ वजेर १७ मिनेटसम्म अमृत र ५ वजेर १७ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।
मेषः– पूर्वान्हमा गरेका काम कम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । थोरै राहत मिल्नेछ । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । अरुको भर भने धेरै नपर्नु होला । रोकिएका कार्य योजना अगाडि बढ्ने छन् ।
वृषः– समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर पनि गुम्न सक्छ । पूर्वान्हमा व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यान्ह पछिको समय तपाईको अनुकुल रहने छैन । विभिन्न समस्या आउने छन् । खर्चमा वृद्धि हुनेछ । विश्वासमा धोका हुनेछ । व्यापार घट्नेछ । मानसिक तनाव बढ्नेछ ।
मिथुनः– समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले पूर्वान्ह ठीक देखिन्छ । सहज,सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घरको वातावरण त्यति अनुकुल नहुन सक्छ । आपरान्ह आय आर्जनका हिसावले शुभ रहला । व्यापार व्यवसायमा सुधार आउनेछ । मित्रबाट सहयोग मिल्नेछ ।
कर्कटः– पूर्वान्ह भन्दा अपरान्ह काल बढि अनुकुल हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई घाटा हुनसक्छ विचार पु¥याउनु होला । नोकरीमा नयाँ सम्भवना देखिनेछन् । पठन पाठनमा सामन्य प्रगति हुनेछ । तनावमा थोरै कमी आउनेछ ।
सिंहः–सकरात्मक भन्दा नकरात्मक काम बढि हुने देखिन्छ । उपलब्धिका काममा अवरोध आउनेछ । आस्था र विश्वास घट्नेछ । विना उपलब्धिका काममा धन र समय लगानी हुनसक्छ । नकरात्मक सोच बढ्नेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ । कामले थोरै गति लिनेछ ।
कन्याः– काममा विलम्ब गर्नु भयो भने अवसर गुम्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । विशेष गरेर मध्यान्ह पछिको समय आफ्नो अनुकल रहने छैन । बन्न लागेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । दुखद समाचार सुन्नु पर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुलाः– विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कनेछ । लगनशिलता बढाउनु होला गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिने छन् । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको योजना बन्नेछ ।
वृश्चिकः– दुविधामा नपरि काम गर्नु होला अवस्य गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईका कारण टाउको दुख्नेछ । सहयोग गर्ने टाढा हुनेछन् । साना साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विरोधीबाट आक्रमण हुनसक्छ सतर्क रहनु होला ।
धनुः– धन सम्पति नास हुने योग छ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा हानी हुनसक्छ । पढाई लेखाईमा मन जाने छैन । विश्वास गरेकाले धोका दिने छन् । मध्यान्ह पछि समयले थोरै साथ दिनेछ । विचारमा परिवर्तन आउनेछ ।
मकरः–प्रातःकालमा गरेका धेरै जसो काम सफल हुनेछन् भने मध्यान्ह पछिको समय भने त्यति अनुकुल हुने छैन । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिन होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्न सक्छ । समस्या बढ्ने छन् । पारिवारिक समस्या बढ्ने छन् ।
कुम्भः– समयको गति सगै काममा प्रगति हुनेछ । लेनदेनका विषयमा भने सचेत हुन आवस्यक देखिन्छ । लगनशिलता बढ्नेछ । प्रतिद्वन्दी आफै पछाडि पर्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ । सामान्य खालको सहयोग मिल्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछि समय बढि अनुकुल हुनेछ ।
मिनः– समयको ख्याल राखेर काम गर्नु होला । अलमलमा गोलमाल हुनसक्छ सचेत हुनु आवस्यक छ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । रमाईलोमा भुल्दा उपलब्धिका काम हिड्ने छन् । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ । अति विश्वास परेर काम नगर्नु होला । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।