रामेछाप, पौष २९ गते ।
बुद्ध जनप्रिय माध्यमिक विद्यालय नागदहको अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर थापा मगरको अध्यक्षता एव लिखु तामाकोसी गाउपालिकाका उपाध्यक्ष दिपशिखा दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
भेलालाई सम्बोधन गर्दै गाउपलिका उपाध्यक्ष दाहालले शिक्षा संग सम्बन्धित ऐन निर्माण नभएकै कारण सोचे अनुसार शिक्षामा काम गर्न नसकेको बताउनु भयो । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारविच समन्वय गरेर निर्माण गर्नु पर्ने ऐन विविध कारण पास हुन नसेको उपाध्यक्ष दाहालको भनाई थियो ।
अभिभावक भेलाले वार्षिक रुपमा विद्यालय परिसरमा हुदै आएको माघ २ गतेको माघे संक्रान्ती मेला अर्काे ठाउमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार विद्यालय परिसरमा हुदै आएको माघे संक्रान्ती मेला अब सोहि वडाको गजेन्द्र चौरमा सार्ने सहमति भएको छ । यस्तै विद्यालयको भवन निर्माणको लागि जग्गादान गर्नुहुने जग्गाधनी धनमाया मगर र मनमाया मगरलाई विद्यालयको तर्फबाट दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर तामाङ, गाउकार्यपालिका सदस्य वुद्धिवहादुर विक, पुर्वगाविस अध्यक्ष आसबहादुर तामाङ, वडासदस्य काजि बहादुर थापा, विद्यालयका प्रद्यानध्यापक राजुकुमार काफ्ले, लगाएतले विद्यालयको शैक्षिक सुधार र आवश्यकता बारे बोल्न भएको थियो । कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।


