जङगलमा दिउसै गरे एक महिला माथि बलत्कार

  • प्रकाशित मिति: शनिबार, पुष २८ २०७५
  • तामाकोशी

स्याउला काट्न जङगल गएको मौका छोपी किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बझाङको तल्कोट गाउँपालिका ७ दाँतोलाका शेरबहादुर विष्टले मेलीवन भन्ने ठाउँमा १४ वर्षीया किशोरीमाथि जबरजस्तिकरणी गरेको आरोपमा मेलबिसौना प्रहरीले उनलाई बिहीबार साँझ ५ बजे पक्राउ गरेको हो ।

शुक्रबार पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।