शेरबहादुर माथि बलत्कारको आरोप,कसलाई गरे बलात्कार

  • प्रकाशित मिति: शुक्रबार, पुष २७ २०७५
  • तामाकोशी

बझाङ । जबरजस्ती करणी गरेको आरोपमा एक बझाङमा एक युवा पक्राउ परेका छन् । तल्कोट गाँउपालिका वडा नम्बर ७ का २१ बर्षिया शेरबहादुर विष्टले १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे आरोपमा प्रक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनुभयो ।

गाँउ नजिकैको जंगलमा स्याउला काट्ने ठाँउमा बालिकालाई विष्टले जबरजस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले विष्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेको डिएसपि धितालले बताउनु भयो । विष्टलाई जबरबस्ती करणी अभियोगमा मुद्धा दर्ता गराई आवष्यक अनुसन्धान गरिने धितालले बताउँनुभयो । news24nepal.tv