रामेछाप, पौष २२ गते ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ स्थित निर्माणाधिन अवस्थामा रहेको स्वयत गंगा हाइड्रोपावर लिखु ३ को काम कारबाहि गाउँपालिकाले बन्द गरिदिएको छ । स्थानिय अति प्रभावित जनताहरुले राख्दै आएको मागलाई सम्बोधन नगरेको भन्दै स्थानीय जनताको पटक– पटकको दवावपछि गाउँपालिका अध्यक्ष सहितको टोलीले निर्माण स्थलमै गएर काम काज थप्प पारको हो ।
हाइड्रो कम्पनीले स्थानीय सरकार र स्थानीय जनतासँग सहकार्य गर्न नचाहेको र केही अराजक व्यक्तीहरुलाई साथमा लिएर जनतामाथि नै दादागिरी गर्दै आएको भन्दै लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले निर्माण कार्य हाललाई रोकेको बताए । गाउँपालिकाका अध्यक्ष खड्काले भने “स्वयत गंगा हाइड्रोपावर कम्पनीले स्थानीय सरकार र जनतालाई टेरेन । त्यसले आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्युनिकरण गर्न जनता र हामी जनप्रतिनिधिले धेरै पटक अनुरोध ग¥यौं तर कम्पनीका मालिकहरुले हाम्रो कुरै नसुनी दादागिरी गरि नै रहे ।” ‘कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत दिएन । त्यसपछि करिब २२ सयको संख्यामा आएको स्थानीय जनताले गाउँपालिकाको कार्यालय घेरा हाले । म जनताको सेवक हुँ । जनताको आदेश पालना गर्दै मैले तत्कालका लागि काम रोकिदिएको हो ।’अध्यक्षले भने ।
स्थानियको माग सम्बोधन गरिदिन्छु भन्दै पटक–पटक बार्तामा बोलाएर स्थानियहरुलाई झुलाई राखेको भन्दै स्थानिय संघर्ष समितिका संयोजक केशर पौडेलले गुनासो गरे । उनले भने “हामीले धेरै पटक बार्तामा बस्न फिल्ड मेनेजर बसन्त पौडेलसंग आग्रह ग¥यौं, वडाकार्यालय, गाउपालिका कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय र जिल्ला बन कार्यालय सम्म बोधार्थ राखेर डेलिकेशन दियौं तर हाम्रो कुनै सुनुवाई भएन हामी अन्यायमा प¥यौं ।”
यता स्वयत गंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले स्थानियको माग कम्पनीले पुरा गर्न नसक्ने खालका रहेको बताए । उनले भने “हाइड्रो कम्पनीको निति नियममा रहेर पुरा गर्न सक्ने खालका मागहरु पुरा गर्न तयारछौ तर अहिले गाउँपालिका अध्यक्षद्धारा पत्र काटेको कारण कामकाज पौष १५ गते देखि थप्प पारेको हो ।”
हाइड्रोपावरले वातावरणिय प्रदुषण नियन्त्रणका लागि उचित जिम्मेवारी पुरा गर्नु पर्ने, कम्तीमा १५ सैयाको हस्पिटल निर्माण गर्नु पर्ने, बोर्डिङ स्कुलको ब्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित ब्यवस्था, अतिप्रभावितलार्ई रोजगारीको ब्यवस्था गर्नु पर्ने स्थानियहरुले माग गर्दै आएका छन् । यस्तै उनिहरुले अधिकत्तम शेयरको ब्यवस्था, जग्गाजमिनको चलनचल्तिको मुल्याङकनको आधारमा मुआब्जा, आयोजना वरिपरिको सडक ब्यवस्थित हुनु पर्ने, क्रसर उद्योग जनबस्तीदेखि कम्तीमा ५०० मिटर टाढा सञ्चालन हुनु पर्ने लगाएतका मागहरु स्थानियले राख्दै आएका छन् ।
स्वयत गंगा हाइड्रोपावर लिखु–३ को काम सुचारु भए संगै अहिले सम्म टिफरको ठक्करबाट दुई जना स्थानियको ज्यान गइसकेका छन् भने एक जना अझै उपचारत्मक अबस्थामा छ । ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा निर्माणधिन स्वयत गंगा हाइड्रोपावर लिखु–३ बाट २८ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

