त्रिशुलीमा खस्यो बस चल्यो रुवाबासी ! कति जनाको गयो ज्यान ,कति भए घाईते ,पढ्नुहोस

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् घाइतेको उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते एक बच्चासहित अन्य केहीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेका सबैको उद्धार गरिसकिएको राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।

सिन्धुली । सिन्धुलीमा ट्रक र यात्रुवहाक माइक्रोबस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा बुधबार हायस माइक्रो बस र ट्रक एकापसमा ठोकिँदा १० जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको स्थानीय र प्रहरीले उद्धार गरी धुलिखेल र काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ।काठमाडौंबाट महोत्तरीको बर्दीवासतर्फ आउँदै गरेको बा४ख ५६२२ नम्बरको यात्रुबाहक हायस माइक्रोबसलाई सिन्धुलीकै खुर्कोटबाट रातमाटातर्फ जाँदै गरेको ग१ख ६६२७ नम्बरको ट्रकले ठक्कर दिँदा हायसमा सवार १० जना यात्रु घाइते भएका हुन्।माइक्रोबस, ट्रक र दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।
कान्तिपुर नेटवर्क