आमालाई सम्झिदै एरपोर्टमा रुदै रवि ओड ! नेपाल आईडल टिम पहिलो कार्यक्रम लिएर उड्यो जापान, हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

आगामी जनवरी पहिलो साताबाट जापानमा भ्रमणमा रहने दोश्रो नेपाल आईडलका टोली र टप फाइभमा पर्न सफल अमित बरालले तीन मुख्य शहरमा सांगीतिक धमका मच्चाउने भएका छन् । जनवरी दुईमा फुकुओकाबाट सुरु हुने नेपाल आईडल टोलीकोे सांगीतिक प्रस्तुति जनवरी चारमा नागोया र जनवरी पाँचमा टोकियोमा हुने पक्का भएको छ।

नेपालीद्धारा संचालित सामाजिक संजाल रेस्पेक्ट एण्ड राईजको आयोजनामा हुने प्रस्तुतिमा दोश्रो नेपाल आईडल रवी ओड, फस्ट रनरअप विक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र अमित बरालले आफनो वेजोड प्रस्तुति दिने छन। उनीहरुसंगै नेपालीकी चर्चित नृत्यगंना एलिशा राईको समेत धमकेदार प्रस्तुति हुने छ। भने साथमा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा समेत सहभागि हुने भएकी छन्।



यौन हिंसामा परेका नेपाली बालबालिका तथा महिलाहरुका लागि माईती नेपालसंग हातेमालो गरेको रेस्पेक्ट एण्ड राईज तथा एनआरएनए जापानसंगको सहकार्यको अभियानलाई तीनवटै कार्यक्रमबाट संकलित रकमबाट सहयोग रकम समेत हस्तान्तरण गरिने आयोजक राजिव श्रेष्ठले जानकारी दिए।

यसैसाता मातृ शोकमा परेका दोश्रो नेपाल आईडल रवी ओडको कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ। जापानमा रहेका आफना सुभेच्छुक तथा फ्यानहरुलाई कार्यक्रममा सहभागि भएर मनोरंजनका लागि नेपाल आईडल टोलीले आग्रह गरेका छन्।