रामेछाप । असार ६ गते,
जिल्ला युवा समिति रामेछापको आयोजनामा लागु औषध दुर्वेसनले पार्ने प्रभावको बारेमा युवा विद्यार्थी बिचको अन्तरक्रिया कार्यक्रम बुधबार मन्थलीमा सम्पन्न भएको छ । मन्थली माविका ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुको बिचमा सो कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा लागु औषध र यसले व्यक्ति, समाज र समुदायमा पर्ने प्रभावको बारेमा मानवअधिकारकर्मी नवराज पथिकले सहजिकरण गरेका थिए । यसैगरि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव निरिक्षक दिपेन्द्र थापाले लागु औषधका किसिम, प्रयोग यस सम्बन्धि कानुनको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले लागुऔषध र दुर्वेषणले पार्ने प्रभाव अन्त गर्न युवाहरुको प्रमुख भूमिका हुने बताए । उनले यस्ता खाका सचेतना कार्यक्रम जिल्ला भरिकै युवाहरुका बिचमा लैजानु पर्नेमा जोड दिए । 
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले लागु औषधको प्रयोग पछिल्लो समय युवा विद्यार्थीको बिचमा पनि समस्याको रुपमा देखाएकोले यसको समाधानमा युवाहरु लाग्नु पर्नेमा जोड दिए । कार्यक्र जिल्ला युवा परिषदका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा भएको थियो ।
लागु औषध दुर्वेसनले पार्ने प्रभावको बारेमा युवा विद्यार्थीबिच सचेतना कार्यक्रम
- प्रकाशित मिति: बुधबार, असार ६ २०७५
- तामाकोसी खबर