रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप जिल्ला कमिटीले पार्टी एकता प्रक्रिया टुंग्याएको छ। पार्टी केन्द्रले दिएको समयसीमाभन्दा केही ढिला भए पनि जिल्लामा बृहत्तर एकता कार्यकर्ता भेलामार्फत जिल्ला कमिटी तथा स्थानीय तहको जिम्मेवारी बाँडफाँट गरिएको हो।
मन्थलीस्थित एल्लो होटलमा आइतबार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको बृहत्तर एकता कार्यकर्ता भेलाले पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलाई जिल्ला इन्चार्ज र लालसिंह घिसिङलाई जिल्ला संयोजक चयन गरेको छ।
एकता प्रक्रियासँगै रामेछापका सबै स्थानीय तहमा समेत इन्चार्ज र संयोजक तोकिएका छन्। जसअनुसार रामेछाप नगरपालिकामा शिशिर खड्की इन्चार्ज र मोतीलाल तामाङ संयोजक, मन्थली नगरपालिकामा उद्वव रस्तेल इन्चार्ज र नबिन कार्की संयोजक चयन भएका छन्।
त्यस्तै, उमाकुण्ड गाउँपालिकामा मदन कालिकोटे इन्चार्ज र विकास कार्की संयोजक, गोकुलगंगा गाउँपालिकामा राजकुमार बस्नेत इन्चार्ज र इन्द्रबहादुर तामाङ संयोजक तथा लिखुतामाकोशी गाउँपालिकामा ध्रुव कार्की इन्चार्ज र शेरबहादुर खड्का संयोजक तोकिएका छन्।
खाँडादेवी गाउँपालिकामा गंगा बुढाथोकी (अग्निमा) इन्चार्ज र रमेशकुमार तामाङ संयोजक, दोरम्बा शैलुङ गाउँपालिकामा निरबहादुर श्रेष्ठ इन्चार्ज र टिका माल्बुके संयोजक तथा सुनापति गाउँपालिकामा पेमा लामा इन्चार्ज र चण्डेश्वर चौंलागाईं संयोजक चयन भएका छन्।
बैठक तथा भेलामा स्थानीय तहको संगठनलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा पार्टीको प्रभाव विस्तार गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। संयोजक घिसिङले बैठकबाट भएका निर्णय र संगठनको अवस्थाबारे कार्यकर्तालाई जानकारी गराउँदै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
जिल्ला नेतृत्वदेखि स्थानीय तहसम्म जिम्मेवारी टुंगिएसँगै रामेछापमा नेपाली कम्युनिष्ट पार्टीको संगठनले अब नयाँ संरचनाअनुसार काम अघि बढाउने भएको छ।
मुख्य जिम्मेवारी
जिल्ला इन्चार्ज: श्यामकुमार श्रेष्ठ
जिल्ला संयोजक: लालसिंह घिसिङ
रामेछाप नगरपालिका: शिशिर खड्की–इन्चार्ज, मोतीलाल तामाङ–संयोजक
मन्थली नगरपालिका: उद्वव रस्तेल–इन्चार्ज, नबिन कार्की–संयोजक
उमाकुण्ड: मदन कालिकोटे–इन्चार्ज, विकास कार्की–संयोजक
गोकुलगंगा: राजकुमार बस्नेत–इन्चार्ज, इन्द्रबहादुर तामाङ–संयोजक
लिखुतामाकोशी: ध्रुव कार्की–इन्चार्ज, शेरबहादुर खड्का–संयोजक
खाँडादेवी: गंगा बुढाथोकी (अग्निमा)–इन्चार्ज, रमेशकुमार तामाङ–संयोजक
दोरम्बा शैलुङ: निरबहादुर श्रेष्ठ–इन्चार्ज, टिका माल्बुके–संयोजक
सुनापति: पेमा लामा–इन्चार्ज, चण्डेश्वर चौंलागाईं–संयोजक