रामेछापकी सरिताको ऐतिहासिक सफलता : सगरमाथा आरोहण सम्पन्न

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १४ २०८३
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका–नागदहकी सरिता (म्यागेन) लामा घिसिङले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेकी छन् ।
उहाँले २०८३ जेठ १३ गते बिहान ५:१५ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्दै आफ्नो गाउँ, जिल्ला र सम्पूर्ण नेपालीको शिर उच्च बनाएकी हुन् ।
महिलाहरूले पनि चाहे जुनसुकै चुनौती पार गर्न सक्छन् भन्ने प्रेरणादायी सन्देश सरिताले आफ्नो साहस र संघर्षमार्फत दिएकी छन् ।
उनको यो ऐतिहासिक सफलता रामेछापका लागि मात्रै होइन, सम्पूर्ण देशकै गौरवको विषय बनेको छ ।

#म्यागेन



#सरिता

#लिखुतामाकोशी