मन्थली अस्पतालमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  • प्रकाशित मिति: शनिबार, बैशाख २६ २०८३
  • तामाकोशी

रामेछाप । मन्थली नगरपालिका को आयोजनामा आगामी बैशाख २८ गते सोमबार मन्थली अस्पताल मा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शिविर काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा सञ्चालन गर्न लागिएको हो।

शनिबार मन्थली अस्पतालमा आयोजित पत्रकार सम्मेलनमार्फत शिविरबारे जानकारी दिँदै अस्पतालका मेसु डा. केशब सिंह धामिले स्वास्थ्य समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई निःशुल्क सेवा लिन आग्रह गर्नुभयो। उहाँले स्वास्थ्य बीमा गरेका सेवाग्राहीलाई बीमा कार्ड साथमा ल्याउन समेत अनुरोध गर्नुभयो।
शिविरमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, शल्यक्रिया (सर्जरी), हाडजोर्नी तथा नसासम्बन्धी रोग, नाक–कान–घाँटी, आँखा तथा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइने जनाइएको छ।



त्यस्तै, काठमाडौं मेडिकल कलेजका प्रतिनिधि गुणराज भट्टराईले अत्याधुनिक प्रविधिसहितको विशेषज्ञ टोलीबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएकाले नागरिकलाई मौकाको फाइदा लिन आग्रह गर्नुभयो।