रामेछाप – कालिका लघुवित्त वित्तीय संस्थाले रामेछाप शाखामार्फत केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कार्यालयका अनुगमन अधिकृत प्रदीप भण्डारीले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा शाखा प्रमुख अम्बिका बुढाथोकीले रामेछाप शाखाअन्तर्गत हाल ६० वटा केन्द्रमार्फत ५५४ जना सदस्य आबद्ध रहेको जानकारी दिनुभयो। शाखाबाट करिब ३ करोड रुपैयाँ बराबर लगानी गरिएको र ९३ लाख रुपैयाँ बराबर बचत संकलन भएको उहाँले बताउनुभयो।
संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ भने देशभर १०७ वटा शाखा सञ्चालनमा रहेका छन्।