प्रतियोगीले छोडिन् मिस वर्ल्ड, बेश्या जस्तो व्यबहार गरेको आरोप

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०८२
  • तामाकोशी

काठमाडौँ । भारतमा आयोजना भइरहेको मिस वर्ल्डबाट बेलायतकी प्रतियोगी मिला म्यागीले प्रतियोगिता छोडेकी छन् ।२४ वर्षीया म्यागीले सौन्दर्य प्रतियोगिता छोड्ने निर्णय गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

गत वर्ष मिस इङ्गल्याण्डको उपाधि जितेकी मिलीले प्रतियोगितामा बेलायतको प्रतिनिधित्व गरिरहेकी थिइन्। द सन म्यागजिनसँगको एक अन्तर्वार्तामा उनले आयोजकहरूले शोषण गरिरहेको र वेश्या जस्तो महसुस गराएपछि प्रतियोगिता छोडेको आरोप लगाएकी छन् । मिलीले बीचैमा कार्यक्रम छोड्ने निर्णयले धेरैलाई आश्चर्य परेको छ ।



भारतको हैदराबादमा हाल छनौटका विभिन्न प्रक्रिया जारी रहेको यस सौन्दर्य प्रतियोगितामा आफ्नो अनुभव साझा गर्दै उनले प्रतियोगीलाई बाहिरका मानिसहरुलाई मनोरंजन प्रदान गर्न प्रयोग गरिएको खुलासा पनि गरेकी छन् । यसले आफुलाई बेश्या जस्तो अनुभव भएको बताउदै उनले यसले आफु असहज भएको बताएकी छन् ।म्यागीले प्रतियोगिता छोडेको र उनको धारणा बाहिर आएपछि आयोजकले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

मे ३१ मा हुने ग्राण्ड फाइनलबाट २०२५ को मिस वर्ल्ड छानिने छ । यो मिस वर्ल्डको ७२औं प्रतियोगिता हो । यस बर्ष ४० देशका प्रतियोगीले भाग लिएको आयोजकले जानकारी दिएका छन् ।