मकवानपुर । बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिवार बस्ने भएको छ । आज शुक्रवार दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिवार बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिवारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।
आज बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित
- प्रकाशित मिति: शुक्रबार, भाद्र २९ २०८०
- तामाकोशी