एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् ।
सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टार मनोनयनमा परेका छैनन् ।
मेस्सी यस अवार्डको वर्तमान धारक हुन् र कतारमा विश्वकप सुरु हुनुअघि प्रदान गरिने पुरस्कारको दौडमा छैनन् । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित भएपछि नै मेस्सी बालोन डि’ओरको मनोनयनमै नपर्नुलाई प्रमुख कारकको रुपमा हेरिएको छ । पहिलो लेगको खेलमा मेस्सीले पेनाल्टी चुकाएका थिए । यस्तै पिएसजीकै ब्राजिली स्टार नेयमार पनि मनोनयना परेका छैनन् ।
रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान करिम बेन्जेमा मनोनयनमा परेको छ । रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका खेलाडी
करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिडरचेल्सी), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुलरबेन्फिका), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटीरडर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोनारबायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिखरलिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)