पछिल्लो २४ घण्टामा भारतमा थपिए झन्डै १६ हजार संक्रमित

  • प्रकाशित मिति: शनिबार, साउन २८ २०७९
  • तामाकोशी

नयाँ दिल्ली, साउन २८ गते । भारतमा कोरोनाभाइरसबाट थप झन्डै १६ हजार नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ संक्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् । एउटै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै रहेकाले सक्रिय संक्रमितहरूको संख्या घट्दै गएको छ ।



संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना संक्रमित अवस्थामै रहेको जनाएको छ । यस्तै, कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको संख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

रासस