डुङ्गा संरक्षणमा जुट्दै रामेछाप सेलेघाटका माझी समुदाय

  • प्रकाशित मिति: बिहिबार, पुष १ २०७८
  • तामाकोशी

रामेछाप । केही वर्ष अगाडिसम्म जिल्लाको विभिन्न स्थान भएर बग्ने तामाकोसी र सुनकोसी नदी वारीपारी गर्ने ठाउँहरुमा डुङ्गाहरु देख्न सकिन्थ्यो । तर आजभोली ती ठाउँहरुमा डुङ्गा देखिदैनन् । सुनकोसी र तामाकोसी नदिको सङ्गम स्थल त्रिबेणीमा धेरै डुङ्गाहरु चल्ने गरेको थियो । तर माझी समुदायको पहिचानसँग जोडिएको डुङ्ग खियाउँने ब्यवासय लोप हुँदै गएपछि रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटका माझी समुदाय डुङ्गा संरक्षणमा लागेका छन् । जिल्लाकै बढी डुङ्गा चल्ने स्थान सेलेघाटमा फेरी डुङ्गा सञ्चालन गर्ने योजनाका साथ डुङ्गा काटिएको स्थानीय धनबहादुर माझीले बताउनुभयो । पहिला पहिला धेरै डुङ्गा तर्ने ठाउँ सेलेघाटमा फेरी डुङ्गा खियाउँने ब्यवासय सञ्चालन गर्ने तायारीमा लागेको उहाँले बताउनुभयो । पुल, सडक लगायत यातायात सञ्चालनका लागि स्थायी संरचना निर्माण हुनु पहिले डुङ्गा खियाउँने पेशा माझी समुदायको जिविकोपार्जनसँग जोडिएको थियो । डुङ्गा खियाँउने, माछा मार्ने पेशा माझी समुदायको मुख्य पहिचान हो । सडक र पुल निर्माण हुनु अघि माझीहरुले मानिस र सामान वारिवारी गर्नको लागि ठेक्कामा समेत काम गर्ने गरेको अर्का स्थानीय शङ्कर माझीले बताउनुभयो । आधुनिकतासँगै माझी समुदायको डुङ्गा खियाउँने ब्यवासय लोप भैसकेको छ । माझी समुदायको पहिचान सङ्कटमा पर्दै गएपछि युवा पुस्ताहरु आफ्नो संस्कृति र पहिचान संरक्षणमा जुटेको स्थानीय मानवीर माझीले बताउनुभयो । माझी जातिको संस्कृति र पहिचान संरक्षणको लागि लोप भइसकेको डुङ्गा पुनः सञ्चालनका लागि रामेछाप सेलेघाटका माझी समुदाय लागिपरेको उहाँको भनाइ छ । रामेछाप जिल्लाका विभिन्न स्थानमा पर्ने घाट तथा नदी वारपार गर्ने ठाउँमाहरुमा सञ्चालन हुँदै आएको डुङ्गा विगत पाँच वर्षदेखि बन्द थियो ।