बाढीले बगाउँदा सिन्धुलीमा एकको मृत्यु

  • प्रकाशित मिति: बुधबार, कार्तिक ३ २०७८
  • तामाकोशी

सिन्धुली । सिन्धुली जिल्लामा दुई दिनदेखिको अबिरल बर्षाका कारण एक जनाको ज्यान गएको छ भने ठाँउ–ठाँउमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । जिल्लाको फिक्कल गाँउपालिका–४ निवासी २२ बर्षिया सबिता भुजेलको मामाघरमा टिका लगाएर घर फर्किने क्रममा मङगलबार बेलुका स्थानीय चाल्नेखोलामा आएको बाढीले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फिक्कल गाँउपालिका–५ जाङजाङमा रहेको मामाघरमा टिका लगाएर घर फर्किदै गर्दा उक्त खोलामा एक्कासि बाढी आउँदा बगाएर उहाको मृत्यु भएको हो । मृतकको शब घट्नास्थल भन्दा करिब एक किलोमिटर तल भेटिएको थियो ।