कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन (सुचनासहित)

  • प्रकाशित मिति: बिहिबार, असार ३१ २०७८
  • तामाकोशी

काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

किताबखानाले मंगलवार एक सूचना जारी गर्दै २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। सम्पत्ति विवरण बहालवाला र चालु आर्थिक वर्षामा सेवा निवृत्त दुवैले बुझाउनुपर्ने किताबखानाले जनाएको छ।



‘सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्फत किताबखानामा दर्ता गर्नुपर्ने र सम्पत्ति विरण बुझाउने दायित्व सम्बन्धित कर्मचारीमा हुनेछ भन्ने व्यवस्था भएकोले कानूनले तोकेको समय सीमाभित्र सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीहरुलाई अनुरोध गरिन्छ’ सूचना भनिएको छ ।

तोकिएको ६० दिनपछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभएको सरह मानी अभिलेख नराखिने सूचनामा भनिएको छ ।